राजनीति


एघारौँ महाधिवेशनमा हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई

एघारौँ महाधिवेशनमा हामीले उठाएका मुद्दा निकट भविष्यमै अनुमोदन हुनेछन् : योगेश भट्टराई

नेपालखबर
पुस १६, २०८२ बुधबार ८:२८, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले ११औँ महाधिवेशनमा आफूहरूले उठाएका मुद्दा चाँडै पार्टी-पंक्तिबाट ‘अनुमोदन’ हुने दाबी गरेका छन्। 

आफूहरूले पार्टीमा राखेका प्रस्तावले राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आमजनसमुदायकै ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने बताएका छन्। र, यो विषय चाँडै अनुमोदन हुने आश्वासन दिँदै उनले एमालेजनलाई विचलित र निराश नहुन आग्रह पनि गरेका छन्।  

‘हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौँ’, एमाले उपमहासचिव भट्टराईले बुधबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हामीले पार्टीको अन्तर-संघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौँ। म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्ना तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु। हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टी-पंक्तिबाट पनि अनुमोदन हुनेछन्।’

यस्तो छ योगेशको पूरा भनाइ

नेकपा एमालेका प्रिय कमरेडहरू

यतिबेला नेपाल राष्ट्र, नेपाली जनता, लोकतन्त्र, संविधान, राजनीतिक दल र स्वयं हामी व्यक्तिहरू पनि इतिहासकै कठिन क्षणबाट गुज्रिरहेको अवस्था छ। यो बेला हामीले गम्भीर समिक्षा गरी सही निकास दिनुपर्ने छ। यसका लागि धैर्यता अनिवार्य छ।

हामीले उपरोक्त कार्यभार पूरा गर्न नेकपा एमालेको ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको विषय अघि सारेका थियौँ।

हाम्रो प्रस्तावले नेपालको राजनीतिक वृत्त, सञ्चार जगत्, बुद्धिजीवी तथा आमजनसमुदायको पर्याप्त ध्यानाकर्षण भएको छ। आगामी दिनमा पनि यो बहस निरन्तर जारी रहने छ।

हामीले पार्टीको अन्तर-संघर्षमा आश र त्रासबाट मुक्त भएर यो जोखिम उठाएका हौँ।

म पार्टीका सम्पूर्ण कमरेडहरूलाई विचलित नहुन र आफ्ना तर्फबाट पार्टी एकताका पक्षमा भूमिका निर्वाह गर्न अनुरोध गर्दछु।

हामीले उठाएका मुद्दाले जनताको दिलबाट समर्थन प्राप्त गरेको छ र निकट भविष्यमै पार्टी-पंक्तिबाट पनि अनुमोदन हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad