ad ad

राजनीति


अपहरण आरोपमा उजुरी दिनेविरुद्ध नै उजुरी लिएर बस्नेत, श्रेष्ठ र खनाल आयोगमा (भिडियो)

अपहरण आरोपमा उजुरी दिनेविरुद्ध नै उजुरी लिएर बस्नेत, श्रेष्ठ र खनाल आयोगमा (भिडियो)

नेपालखबर
बैशाख २२, २०७७ सोमबार १०:५२,

सांसदहरु महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा. बाबुराम भट्टराईको योजनामा आफूहरुलाई फसाउन खोजिएको बताएका छन्।

राष्ट्रिय मावनअधिकार आयोगको कार्यालयमा उजुरी दिँदै उनीहरुले पूर्वप्रधानमन्त्री डा भट्टराईको योजनामा आफूहरुमाथि अपहरणको आरोप लगाउँदै फसाउन खोजिएको बताएका हुन्। जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले आफुलाई अपरहण गरेको भन्दै उजुरी दिएपछि उनीहरुले यस्तो बताएका हुन्।

आरोप लागेपछि आयोगमा उजुरी दिँदै सांसद महेश बस्नेतले डा. यादवले गाली गलौच गरी मानहानी गरेको, अपमान गरेको र झुठो आरोप गलाएर फसाउन खोजिएको बताए। डा. यादव लागयतका सांसदहरुले दल फुटाउन सजिलो हुने गरी अध्यादेश ल्याउन आग्रह गरेको र प्रकृयामा सहभागि हुने चाहाना पनि व्यक्त गरेको उनले बताए। प्रकृयामा सहभागि हुनुभन्दा पहिले नेकपाका नेताहरुसँग केही ‘कमिटमेन्ट’ चाहिएको छ भनेर डा. यादवले भनेपछि काठमाडौं ल्याइएको उनले दाबी गरे।

अपहरणको आरोप लागेका अर्का सांसद कृष्ण श्रेष्ठ (किसान)ले आफुहरुसँगै गएका समाजवादी पार्टीका प्रमुख सचेतक उमासंकर अरगरिया लगायत अन्य व्यक्तिहरुका विषयमा केही नबोली आफुहरुलाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको योजनामा फसाउन खोजिएको बताए।

यस्तै, पूर्वप्रहरी महानिरीक्षक (पूर्व आइजीपी) सर्वेन्द्र खनालले आफुहरु विरुद्ध झठो आरोपले आफुलाई र आफ्नो परिवारलाई मानसिक तनाव भएको बताए।

यो पनि:

महेश बस्नेत, किसन श्रेष्ठ र सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी दर्ता

पूर्व स्वास्थ्य राज्यमन्त्री यादवलाई सरकारले नै अपहरण गरेको दाबी, पत्नी अनभिज्ञ

सांसद अपहरण आरोप : पूर्वआईजीपी र सांसदद्वयविरुद्ध प्रहरीले लिएन जाहेरी

सांसद अपहरण आरोप: जाहेरी नलिँदा अर्को विवादको भुंग्रोमा प्रहरी

निदेवन बुझ्दै आयोगका सदस्य प्रकाश वस्तीले संविधानले दिएको दायरभित्र रहेर घटनाको अनुसन्धान गरिने बताए। दुवै उजुरीहरु एकै ठाउँमा राखेर अनुसन्धान गरिने उल्लेख गर्दै उनले मानव अधिकार उलंघन भए/नभएको एकिन गरिने बताए। अनुसन्धान निष्पक्ष ढंगले हुने भन्दै उनले कानून र संविधान बमोजिम आफ्नो दायित्व पुरा गर्ने बताए।

यसअघि आफूलाई अपरहण गरेको भन्दै सांसद डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए। काठमाडौंबाट गएका सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्वआइजीपी खनालले यादवलाई वैशाख १० गते काठमाडौं ल्याएका थिए। यसअघि महानगरिय प्रहरी परिसर र जिल्ला सरकारी वकिल कार्यालयमा यादवले उजुरी दिन खोजेपनि उजुरी लिन अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .