नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्वराष्ट्रपतिका छोराछोरी पनि परेका छन्।
कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्वराष्ट्रपति रामवरण यादवका छोरालाई राखिएको हो।
खस आर्यमा महिलातर्फ राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल रहेकी छन्। संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधि हुन्।
त्यस्तै, पूर्वराष्ट्रय यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक सूचीमा राखिएको छ। चन्द्रमोहन कांग्रेको केन्द्रीय सदस्य पनि हुन्।
त्यस्तै, सोलुखुम्बाट पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि समानुपातिक सूचीमा अटाएकी छन्।
यो पनि पढ्नुहोस् : कांग्रेसको समानुपातिक सूचीमा यी तीनबाहेक नयाँलाई मौका (११० को सूची)
नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूची :





Shares

प्रतिक्रिया