नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेता अर्जुननरसिंह केसीलाई समानुपातिक सूचीमा आफूले नराखेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले केसीलाई समानुपातिक सूचीमा राख्ने निर्णय आफ्नो चाहना र प्रयास विपरीत भएको स्पष्ट पारेका हुन्।
‘नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ,’ थापाले भने, ‘म स्पष्ट पार्न चाहन्छु- यो मेरो चाहना विपरित हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरितको निर्णय हो।’
केसी उनका ससुरा हुन्। थापाले पार्टीभित्र नेताहरूबीच राजनीतिक दृष्टिकोण फरक हुन सक्ने उल्लेख गर्दै यसअघि पनि महामन्त्री पदका लागि फरक एजेन्डासहित प्रतिस्पर्धा गरेको स्मरण गराएका छन्।
थापाले भनेका छन्, ‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्।’
Shares

प्रतिक्रिया