राजनीति


रवि-बालेनसँग कुलमान पनि मिलेपछि रक्षा बमले सेयर गरिन् पारिजातको कविता

रवि-बालेनसँग कुलमान पनि मिलेपछि रक्षा बमले सेयर गरिन् पारिजातको कविता

नेपालखबर
पुस १५, २०८२ मंगलबार ७:४५, काठमाडौँ

रवि लामिछाने र बालेन्द्र शाह (बालेन) मात्र मिल्दा मौन बसेकी जेनजी फ्रन्टकी संयोजक रक्षा बमले कुलमान घिसिङ पनि समेटिएपछि खुसी व्यक्त गरेकी छन्।

सोमबार राति तीन जनबीच एउटै दल राष्ट्रिय स्वतन्त्र पार्टीमा एकताबद्ध हुने लिखित सहमति भएपछि बमले पारिजातको कविताको एउटा अंश सामाजिक सञ्जालमा सेयर गरेकी हुन्।

जुन यस्तो छ :

होस गर्न पर्छ यतिखेर निर्धाका मुटु निचोर्नेहरूले,
शक्तिशालीका मुटु निचोर्ने हातहरू 

यता पनि तयार छन,
एकपछि अर्को लस्कर लागेर। 

-पारिजात (कविता आन्दोलनको कवितांश)

रास्वपा सभापति लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेनसँग राजनीतिक एकता भएसँगै ऊर्जामन्त्री घिसिङ संरक्षक रहेका उज्यालो नेपाल पार्टी रास्वपामै समाहित भएको छ।

यस्तो छ सहमति :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad