उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सोमबार राति राजनीतिक एकताको सहमति भएपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले खुसी व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, आफू र ऊर्जामन्त्रीसमेत रहेका कुलमान एउटै पार्टी रास्वपाबाट चुनाव लड्ने सहमति भएको तस्बिर सार्वजनिक गर्दै बालेनले हर्ष प्रकट गरेका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु।’
पटकपटकको छलफलपछि आज तीनै जनाबीच सहमति भएको हो। यसअघि आइतबार रवि र बालेनबीच मात्रै एकताको समझदारी भएको थियो।
आज कुलमानसँग पनि भएको सहमतिअनुसार अब राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी एकीकरण भएका छन्। अर्थात् उनीहरू अब रास्वपा पार्टीमा एकताबद्ध भएका छन्।
हेर्नुहोस् सहमतिपत्र:

Shares

प्रतिक्रिया