न्याय सेवा आयोगले जिल्ला न्यायाधीशमा नियुक्त गर्न २० जनाको नाम सिफारिस गरेको छ। जिल्ला न्यायाधीशका लागि २१ जना माग भएकोमा मधेसीबाहेकका कोटाबाट न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो।
न्याय सेवा आयोगले न्यायाधीश नियुक्तिका लागि सोमबार न्याय परिषद्समक्ष सिफारिस गरेको छ। जिल्ला न्यायाधीशमा आन्तरिक खुलाबाट ११ जना, खुलाबाट ६ जना, महिला १ जना र आदिवासी जनजाति २ जना छानिएका छन्। लिखित परीक्षा उत्तीर्ण गरेर अन्तर्वार्ताका लागि २७ जना छनोट भएका थिए।
उनीहरूको सबै प्राप्ताङ्कको आधारमा योग्यताक्रम कायम गर्दै नियुक्तिका लागि सिफारिस गरिएको हो। मधेसी कोटामा समेत भिडेका शिशिरकुमार यादव खुलाबाट पहिलो नम्बरमा सिफारिस भएका छन्। उनी खुलाबाटै सिफारिस हुँदा एक जना मधेसी कोटा भने खाली भएको छ।
यस्तै, शिवप्रसाद आचार्य, ताराप्रसाद डाँगी, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, गोपालबहादुर भट्टराई, सुमन पाण्डे, ठाकुरप्रसाद बस्ताकोटी, विकास बस्नेत र इन्दिरा कार्की न्यायाधीशका लागि सिफारिस भएका छन्।
यसैगरी, बाबुराम भट्टराई, टेकराज भुसाल, गोकुल पन्त, वीरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हिरामाया अवाल पनि न्यायाधीशका लागि सिफारिस भएको आयोगकी प्रवक्ता रामप्यारी सुनुवारले जानकारी दिएकी छन्।
Shares

प्रतिक्रिया