राजनीति


गोकुल बास्कोटाको टिप्पणी : समानुपातिकमा नेतालाई लागेको मान्छे छनोट हुन्छ

गोकुल बास्कोटाको टिप्पणी : समानुपातिकमा नेतालाई लागेको मान्छे छनोट हुन्छ

नेपालखबर
पुस १४, २०८२ सोमबार १३:७, काठमाडौँ

नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले समानुपातिकमा नेतालाई लागेको व्यक्ति पर्ने भएकाले भुँइका मान्छे परे कि परेन भन्ने बहस व्यर्थ जस्तो बनेको टिप्पणी गरेका छन्। 

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि पुस १४ गते समानुपातिक उम्मेदवारको सूची बनाउने समय तोकिएको छ। आज सबै राजनीतिक समानुपातिक उम्मेदवारको सूची तयार गर्दै छन्। 

प्रायः सबै जसो दलमा नेतृत्वको नजिकका व्यक्ति समानुपातिक उम्मेदवारको सूचीमा परेका समाचार आइरहेका छन्। त्यसैलाई इंगित गर्दै बास्कोटाले टिप्पणी गरेका हुन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ राख्दै बास्कोटाले लेखेका छन्, ‘समानुपातिकमा कसलाई दोहोर्‍याइयो, कसलाई तेहर्‍याइयो? कुन जिल्लाबाट कति परे? नातागोता को परे? भुँइका कति परे? अरु के परे? त्यसमा किन बहस?’

नेतालाई लागेको मान्छे पर्ने भएकाले यसमा बहस व्यर्थ बनेको उनको भनाइ छ। ‘जसले सक्छ, उसले गर्छ। नेतालाई लागेको हुन्छ,’ बास्कोटाले लेखेका छन्, ‘कसैले नसुन्ने बहस नगर, ओ साथी हो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad