नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साहबीच भएको एकता चुनावी असफलतासँगै सकिने टिप्पणी गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो भनाइ राख्दै रवि र बालेनको एकताबारे चिन्ता गर्न नहुने तर्क गरको छन्। ‘अहिले होहल्ला गरिएको एकता चाहिँ घिउ बेचुवा र तरबार बेचुवाबीचको समझदारीभन्दा बढी केही होइन,’ रिजालले भनेका छन्, ‘चुनावका लागि भएको एकता चुनावी असफलतासँगै सकिन्छ। धेरै कुर्नै पर्दैन- छोटो सपनाको आयु छोटो हुन्छ।’
यो एकताबाट तर्सिन नहुने उनको तर्क छन्। ‘इतिहास, त्याग, दृष्टिकोण र जनविश्वास भएका पार्टीले गर्नुपर्ने कुरा हो– आफैँभित्र निरन्तर अद्यावधिक। आन्तरिक रुपमा महाधिवशेनबाट र सार्वजनिक रुपमा चुनाबवाट नियमित नवीकृत दलहरुले कथित नयाँको कोलाहलबाट तर्सिन आवश्यक छैन,’ उनले भनेका छन्।
तथापि, अहिले उठिरहेका प्रश्नको उत्तर दिनुपर्ने उनको भनाइ छ। रिजालले भनेका छन्, ‘एउटा कुरा चाहिँ गर्नैपर्छ- आजका प्रश्नहरुको सामना गर्नका लागि आजकै उत्तर चाहिन्छ । नेकपा (एमाले) सँग त्यो क्षमता छ र गर्न सक्छ।’
Shares

प्रतिक्रिया