राजनीति


नेमकिपासहित तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि

नेमकिपासहित तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूचि

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:२५, काठमाडौँ

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूचि बुझाउन थालेका छन्। 

आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूचि पेश गरेका छन्। तीनवटा राजनीतिक दलहरूले १३४ जनाको बन्दसूचि आयोगमा पेश गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। उनकाअनुसार आइतबार र सोमबार बन्दसूचि पेश गर्ने समय तोकिएको छ।

आयोगले समानुपातिकको बन्दसूचि पेश गर्ने कामलाई दुई चरणमा गरिरहेको जानकारी दिए। पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेद्वारको नाम मतदाता नामावलीमा नाम रहेरनरहेको यकिन गरेर निस्सा उपलब्ध गराउने उनले बताए। निस्सा लिएपछि बन्दसूचि पेश गर्नको लागि दर्ता गरिने उनको भनाई छ।

उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए। उनले निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए। सोमबार ६ बजेसम्म आउने दलहरूलाई सेवा दिने स्पष्ट पारे। 

उनले भने, ‘निर्वाचन आयोगको समानुपातिक तर्फको पूर्वनिर्धारित कार्यक्रमअनुसार पौष १३ र १४ गते दुई दिन बन्दसूचि पेश गर्ने समय तोकिएकोमा आज यतिबेलासम्म ३ वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूचि यहाँ भेरिफाइड भइसकेको छ। निस्सा लिएर बन्दसूचि पेश गर्ने चरणमा उहाँहरु हुनुहुन्छ। आज र भोलि समय तोकिएको हुनाले भोलिसम्म सबै आइसक्ने अनुमानसहित हामी सेवा प्रवाहको लागि तयारी अवस्थामा रहेका छौँ।’ 

प्रवक्ता भट्टराईले विभिन्न समूहहरुको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरुले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे। आयोगले त्यसको लागि राजनितिक दलहरूलाई अभिमुखिकरण पनि गरेको उनको बताए।

उनले संशोधन गर्नुपर्नेमा पुस २१ देखि २७ गतेसम समय दिनेगरी निर्वाचन कार्यतालिका प्रकाशन गरिसकेको पनि जानकारी दिए। उनकाअनुसार पुस १५ देखि २० गतेसम्म नामावलीको भेरिफाई गरेर कानुनअनुसार मिलेरनमिलेको हेरेर मिलाउनुपर्ने भएमा २० गते सूचना दिने स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad