नेपाली कांग्रेसले नेता तथा कार्यकर्ताको कारबाही फिर्ता लिने निर्णय कार्यान्वयन गर्न मातहतका समितिलाई निर्देशन दिएको छ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार सबै प्रदेशदेखि वडा कार्यसमितिलाई परिपत्र गरेका छन्। कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय कार्यान्वयनका लागि मातहतका समितिलाई परिपत्र गरिएको मुख्य सचिव पौडेलले जनाएका छन्।
कांग्रेस केन्द्रबाट पठाएको परिपत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पुष् १२ गते बसेको बैठकले देहाय बमोजिमको निर्णय गरेको हुँदा सो को कार्यान्वयनका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’
मुख्य सचिव पौडेलले सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई परिपत्र गरेका हुन्।
शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले कारबाहीमा परेका नेता तथा कार्यकर्ताको बाँकी अवधि माफी/मिनाहा गर्ने निर्णय गरेको थियो। त्यस्तै, कारबाहीमा परेका नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यतालाई निरन्तरता कायम हुने गरी नवीकरण गर्ने निर्णय गरेको थियो।

Shares

प्रतिक्रिया