राजनीति


एमालेको पहिलो सचिवालय बैठक च्यासलमा सुरु

एमालेको पहिलो सचिवालय बैठक च्यासलमा सुरु

नेपालखबर
पुस १३, २०८२ आइतबार १५:२०, काठमाडौँ

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनपछि पहिलो सचिवालय बैठक सुरु भएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरु भएको हो। बैठकमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूचीलाई अन्तिम रूप दिने विषयमा छलफल हुने जनाएको छ। 

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति पुस १४ सम्म तोकेको छ। यसलाई प्राथमिकतामा राखेर छलफल भइरहेको जनाएको छ। 

जिल्ला र प्रदेश तहबाट सिफारिस भएका नामहरूको आधारमा छोटो सूची तयार पारिएको र आजको बैठकबाट अन्तिम निर्णय गरी आयोगमा बुझाइने भएको छ। 

यससँगै सचिवालय बैठकमा पार्टीको कार्यालय व्यवस्थापन, वर्तमान राजनीतिक स्थिति र अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसँग भएको छलफलको ब्रिफिङलगायत विषयमा पनि छलफल हुने जनाइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad