राजनीति


राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै अध्यक्ष दाहाललाई कांग्रेसको ज्ञापनपत्र

राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै अध्यक्ष दाहाललाई कांग्रेसको ज्ञापनपत्र

नेपालखबर
पुस १३, २०८२ आइतबार १४:२३, काठमाडौँ

तत्काल अधिवेशन बोलाउन माग गर्दै नेपाली कांग्रेसले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएको छ। 

राष्ट्रिय सभाका कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायको नेतृत्वमा गएको टोलीले आइतबार अध्यक्ष दाहाललाई भेटेर अधिवेशन बोलाउन माग गरेको हो। अध्यक्ष दाहालसँगको भेटवार्तामा कांग्रेस संसदीय दलले गरेको निर्णयबारे जानकारी गराएको छ। 

गत पुस १० गते बसेको कांग्रेस संसदीय दलको बैठकले राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ। देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा असंवैधानिक ढंगबाट प्रतिनिधि सभा विघटन भएको अवस्थामा जनताका आवाज उठाउने सार्वभौम संघीय संसद् अन्तर्गत राष्ट्रिय सभा मात्र कायम रहेको हुँदा बैठक बोलाउन माग गर्ने निर्णय गरेको छ। 

कांग्रेस टोलीमा राष्ट्रिय सभा सदस्य कमलादेवी पन्त, किरणबाबु श्रेष्ठ, विष्णु सापकोटा र पदम परियारलगायत थिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad