राजनीति


रवि-बालेनको सहमति अनौठो होइन : धनराज गुरुङ

रवि-बालेनको सहमति अनौठो होइन : धनराज गुरुङ

नेपालखबर
पुस १३, २०८२ आइतबार १२:५९, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको सहमतिलाई अनौठो मान्न नहुने बताएका छन्। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिमा जुट्ने र फुट्ने प्रक्रिया स्वाभाविक हुने उल्लेख गरे। कांग्रेसले यस्ता राजनीतिक घटनालाई गम्भीर रूपमा नलिने उनको भनाइ थियो।

‘बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन,’ गुरुङले भने, ‘राजनीतिमा कोको मिल्छन्, कोको जुट्छन् र कोको फुट्छन्, यो स्वाभाविक प्रक्रिया हो। राजनीति सरल हुँदैन, चुनौतीपूर्ण हुन्छ, र ती सबै चुनौतीको सामना कांग्रेसले गर्दै आएको छ।’

गुरुङले कांग्रेसले राणाकालीन र पञ्चायतीजस्ता कठिन चुनौतीहरू पार गरिसकेकाले अहिलेको राजनीतिक मिलनलाई विशेष चासोका साथ लिन आवश्यक नरहेको समेत स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad