नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारहरुको सूची बुझाउने समय थप ५ दिन बढाउन आग्रह गरेका छन्।
शनिबार प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बोलाएको शीर्ष ३ नेताहरुको छलफलमा उनले पार्टीभित्र समस्या भएकाले थप ५ दिन थप्नुपर्ने बताएका थिए।
त्यसमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि समहमति जनाएका थिए। आवश्यक परेको हो भने ५ दिन थपिदिँदा निर्वाचन तालिकामा ठूलो असर नपर्ने बताएका थिए।
तर, प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री जगदीश खरेलले भने यो विषय कांग्रेसले यसअघि सिंहदरबारमा भएको छलफलमा पनि उठाएको तर आयोगले समय बढाउन नसकिने स्पष्ट पारेको स्मरण गराएका थिए।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार यसमा सरकारले केही भन्न नमिल्ने र निर्वाचन आयोगले नै निर्णय लिन सक्ने जवाफ उनीहरूको थियो।
निर्वाचन आयोगले समानुपातिकका लागि उम्मेदवारहरुको सूची बुझाउने समय पुस १५ गतेसम्मका लागि निर्धारण गरेको छ।
Shares

प्रतिक्रिया