उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाहबीच छलफल चलिरहेको ठाउँमा रास्वपा सभापति रवि लामिछाने प्रवेश गरेका छन्।
रविको प्रवेशसँगै दुई पक्षीय छलफलले त्रिपक्षीय रुप लिएको छ। रवि लामिछानेको रास्वपा, कुलमान संरक्षक रहेको उनेपा र बालेनको देश विकास पार्टी एक बनाएर चुनावमा जाने प्रयास अन्तर्गत पहिलो पटक त्रिपक्षीय छलफल भएको हो।
बालेन र कुलमानबीच छलफल भइरहेको बालुवाटारस्थित एक घरमा करिब २ घण्टाअघि रविको प्रवेश भएको हो। रवि, कुलमान र बालेनबीच आज मध्यरातिसम्म प्योकजमै सहमतिमा पुग्ने प्रयास भइरहेको नेताहरुले बताएका छन्।
रवि, बालेन र कुलमानबीच शक्ति बाँडफाँट तथा तीन वटा पार्टीको एकता प्रक्रिया छलफलको मुख्य एजेण्डा बनेको छ।
‘केहीबेर अघि रवि आएपछि त्रिपक्षीय छलफल भइरहेको छ,’ रवि निकट एक नेताले भने, ‘आज मध्यरातसम्म सहमति गरेर हस्ताक्षर गर्ने तयारी छ।’
Shares

प्रतिक्रिया