राजनीति


आज पहिलोपटक बालुवाटारमा शीर्ष ३ नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

आज पहिलोपटक बालुवाटारमा शीर्ष ३ नेतासँग छलफल गर्दै प्रधानमन्त्री कार्की

नेपालखबर
पुस १२, २०८२ शनिबार ९:३९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आज (शनिबार) प्रमुख तीन दलका तीन शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गर्दै छिन्। 

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार छलफलका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बोलाइएको छ। 

‘प्रधानमन्त्रीज्यूले आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका विषयमा तीन शीर्ष नेतासँग छलफल गर्न लाग्नुभएको हो’, उनले नेपालखबरसँग भने, ‘छलफल दिउँसो ३ बजे बालुवाटारमा हुनेछ।’

प्रधानमन्त्री बनेपछि कार्कीले पहिलोपटक बालुवाटारमा शीर्ष नेतासँग छलफल गर्न लागेकी हुन्।  

आजको छलफलका लागि तीन शीर्ष नेतालाई सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेलले हिजै घरघर पुगेर निम्ता दिएका थिए।

यसअघि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की र ३ ठूला दलका शीर्षनेताबीच शीतल निवासमा छलफल भएको थियो।

छलफलमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री कार्की र नेकपा संयोजक प्रचण्डले फागुन २१ मै चुनाव हुनुपर्ने अडान राखेका थिए भने कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली चुनावको वातावरण नभएको भन्दै संसद् पुनर्स्थापनाको पक्षमा उभिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad