राजनीति


एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग सञ्चारमन्त्री खरेलको भेटवार्ता

नेपालखबर
पुस ११, २०८२ शुक्रबार १२:२७, काठमाडौँ

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। 

शुक्रवार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवासमा पुगेर मन्त्री खरेलले भेटवार्ता गरेका हुन्। भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिको विषयमा छलफल भएको बताइएको छ।

यसअघि खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका थिए। शुक्रबार नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई खुमलटारमा भेट्ने कार्यक्रम रहेको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ। 

सरकारले प्रमुख तीन दलका शीर्षनेतासँग छुट्टाछुट्टै भेटघाट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रतिबद्धता जनाउने प्रयास गरेको छ। हाल ओलीमाथि जेनजी आन्दोलनको छानबिन आयोगले लगाएको काठमाडौँ उपत्यका बाहिर यात्रा प्रतिबन्धको विषय पनि छलफलमा उठेको छ।  

यसअघि सरकारको टोलीले प्रमुख राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको थियो। एमालेको च्यासलस्थित केन्द्रीय कार्यालय निरीक्षण गर्दा पनि निर्वाचनमा सहभागिता र प्रतिबन्धमा लचकता अपनाउने विषयमा सकारात्मक संकेत दिएको थियो। 

एमालेले निर्वाचनमा सहभागी हुने वातावरण बनेमा भाग लिने प्रतिबद्धता जनाएको छ। सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासको रूपमा लिएको जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad