राजनीति


झलनाथपत्नी रविलक्ष्मीलाई भेटेर मसाल महामन्त्री सिंहले गरे स्वास्थ्य लाभको कामना

झलनाथपत्नी रविलक्ष्मीलाई भेटेर मसाल महामन्त्री सिंहले गरे स्वास्थ्य लाभको कामना

नेपालखबर
पुस १०, २०८२ बिहिबार २२:१८, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारसँग नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन्। 

रविलक्ष्मीलाई भेट्न महामन्त्री सिंह आफ्नी पत्नी राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र जनमोर्चाका नेता वासु पोखरेललाई लिएर खनाल निवास डल्लु पुगेका थिए। 

जेनजी प्रदर्शनको क्रममा भदौ २४ गते खनाल निवासमा आगजनी हुँदा रविलक्ष्मी जलेर गम्भीर घाइते भएकी थिइन्। 

सो क्रममा महामन्त्री सिंहले उनको स्वास्थ्यलाभको कामना गरेका राजमो नेता पोखरेलले जानकारी दिए।

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता खनालको निवास भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगजनीबाट ध्वस्त भएको थियो। सो क्रममा जलेर चित्रकार गम्भीर घाइते भएकी थिइन्। उनी भारतमा उपचारपछि हालै स्वदेश फर्किएकी हुन्।

निवास डढेर पूरै ध्वस्त भएपछि खनाल दम्पती अहिले बहालको घरमा बसेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad