युवा नेता माधव सापकोटालाई नेपाली कम्युनिष्ट पार्टीले सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार सिफारिस गरेको छ।
आगामी फागुन २१ गतेको लागि घोषित माधव सापकोटा ‘सुबोध’लाई सिन्धुपाल्चोक १ बाट एकल सिफारिस गरिएको नेकपाले जनाएको छ।
खाडीचौरामा बसेको नेकपा १ नम्बर क्षेत्रीय समितिको बैठकले सापकोटाको एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा पूर्व सांसदद्वय राजकुमार श्रेष्ठ र सिंहबहादुर विश्वकर्माले सापकोटाको नाम प्रस्ताव गरेका थिए भने बागमती प्रदेस सभा सदस्य सरल सहयात्री पौडेलप्रति समर्थन जनाएका थिए।
सापकोटा यसअघि सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
345
Shares

प्रतिक्रिया