आगामी प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय मुक्ति पार्टी नेपाल, काठमाडौं जिल्ला समितिले उम्मेदवारहरूको नाम सिफारिस गरेको छ।
पार्टीको केन्द्रीय परिपत्रअनुसार बसेको जिल्ला समितिको बैठकले काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रका लागि उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।
जिल्ला समितिको निर्णयअनुसार काठमाडौँ निर्वाचन क्षेत्र नं ८र९ बाट पार्टीका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ। त्यस्तै, काठमाडौँ निर्वाचन क्षेत्र नं. ७ बाट पार्टीका केन्द्रीय प्रवक्ता रविन्द्र कुमार श्रेष्ठको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस भएको छ।
केन्द्रीय समितिबाट अनुमोदन भएपछि उम्मेदवारीले औपचारिकता पाउनेछ।
189
Shares

प्रतिक्रिया