सेयरबजारमा १.३७ अंकको मात्र सुधार देखिएको छ।
नेप्से उक्त अंकले बढेर २५८५.८७ विन्दुमा भएको दिन बजारमा ३ अर्ब २२ करोडको कारोबार भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार ७२ लाख कित्ता कारोबारमा यो परिमाणको किनबेच भएको हो।
आज १११ वटा सेयर बढे पनि १४२ वटा घटेका र ७ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्। बढेकामा पनि उच्च वृद्धिदर देखिएको छैन।
इन्फिनिटी लघुवित्त ५.३२, नेशनल हाइड्रोपावर कम्पनी ४.२६, हिम स्टार ऊर्जा ४.१९, सिद्धार्थ बैंक ३.९७ प्रतिशतले बढेको छ। तर गरिमा विकास लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सुपर मादी हाइड्रोपावर, लुम्बिनी विकास बैंकलगायत भने अधिकतम ४.२३ प्रतिशतसम्मले घटेका छन्।
बुधबार एसवाई प्यानलको १४ करोडको सर्वाधिक कारोबार भएको छ। आज वाणिज्य बैंक, होटल र पर्यटन, उत्पादन, सामूहिक लगानी, निर्जीवन बीमालगायतका सूचकहरु हरियो छन्।
Shares

प्रतिक्रिया