राजनीति


वैशाख २६ बाट यसरी चलाइँदैछ संसद

वैशाख २६ बाट यसरी चलाइँदैछ संसद

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ११:२१,

कोरोना संक्रमणको जोखिमप्रति सचेत रहँदै संसदको वर्षे अधिवेशन वैशाख २६ गतेबाट संसदको वजेट अधिवेशन सुरु हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २६ गते सुरु हुने गरी संसदको दुवै सदनको बजेट अधिवेशन आह्वान गरेकी छन्।

सोहिअनुसार सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बैठकमा कोभिड १९ रोगको संक्रमणको सम्भावित जोखिम रोक्ने सम्पूर्ण उपाय अपनाउँदै संघीय संसदका बैठकहरु संचालन गर्ने विषयमा आइतबार छलफल गरेका थिए।

सिंहदरबार स्थित कार्यकक्षमा संसद सचिवालयका वरिष्ठ अधिारीहरु, स्वास्थ्य टोली लगायतसँग संसद बैठकको व्यबस्थापनलाई सुरक्षित बनाउने विषयमा सभामुख सापकोटाले छलफल गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओली बैशाख १७ गते नयाँ बानेश्वरस्थित संसद भवन पुगी संसद सञ्चालनको लागि तयार पारिएका बैठक कक्षहरु र अन्य पूर्वाधारको तयारी अवलोकन गरेका थिए।

PM parliament observation

संघीय संसद सचिवालयले विश्व स्वास्थ्य संगठनको मापदण्ड र स्वास्थ्य सेवा विभाग, टेकुका चिकित्सक टोलीले संघीय संसद भवनमा यहि बैशाख १८ गते गरेको स्थलगत अनुगमनका क्रममा दिएको सुझावलाई आधार बनाएर सांसदहरुको बसाई व्यबस्थापन गरिरहेको छ।

यहि बैशाख १८ गते स्वास्थ्य सेवा विभाग, टेकुका बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. अमृत पोख्रेल सहितको तीन सदस्यीय टोलीले संघीय संसद भवनको स्थलगत अनुगमन गरेको थियो।

अनुगमन पछि स्वास्थ्य टोलीले सबै सांसदहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै सभाहलमा प्रवेश गराउन, सभाहलमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने व्यबस्था मिलाउन सुझाव दिएको थियो।

PM parliament observation1

साथै सांसदका लागि सर्जिकल मास्कको प्रयोग अनिवार्य गर्न, सभाहलमा प्रयोग हुने माईक एकजना सांसदले बोलेपछि स्यानिटाईज प्रयोग गरेर मात्रै अर्का सांसदले बोल्ने व्यबस्था मिलाउन, हरेक टेबलमा स्यानिटाइजर राख्न, बैठक कक्षको एसी नचलाउने लगायतका सुझाव दिएको छ।

बैशाख २६ गते बाट सुरु हुने बैठकमा सोहिअनुसार तयारी गरिएको न्यौपानेले जानकारी दिए।

हाललाई संसद भवनमा सामूहिक छलफल गर्न पनि रोक लगाइने जानकारी दिइएको छ।

याे पनि: 
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान 
प्रधानमन्त्रीद्वारा संसद् बैठककक्ष अवलोकन, दूरी कायम गरी बैठक राख्ने संभावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad