राजनीति


दलहरूलाई प्रधानमन्त्रीले भनिन्- भागबन्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन, सच्चिनुपर्छ

दलहरूलाई प्रधानमन्त्रीले भनिन्- भागबन्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन, सच्चिनुपर्छ

नेपालखबर
पुस ७, २०८२ सोमबार १८:४१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले बिगतका कमजोरीका कारण जेनजी आन्दोलन भएको र अहिले दल र जेनजी दुवै पक्षको आलोचना आफूले सहनु परेको टिप्पणी गरेकी छिन्। 

सोमबार चुनावबारे छलफल गर्न बोलाइएको सर्वपक्षीय बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै उनले जेनजीदेखि राजनीतिक दलसम्मबाट सरकारमाथि निरन्तर आक्षेप आइरहेको गुनासो गरिन्।

प्रधानमन्त्री कार्कीले विगतका त्रुटि र कमजोरीका कारण भदौ २३ र २४ मा घटेका घटनाको आवेग हाल सरकारले झेलिरहेको बताउँदै मुलुकका लागि आएका सबै आरोप सहन तयार रहेको उल्लेख गरिन्।

‘यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हुन्,’ कार्कीको भनाइ छ, ‘राजनीतिक दलहरू जनताको सेवाका लागि हुन्। आफ्नो भागबण्डा नमिलेको आवेग जनतामाथि खन्याउनु हुँदैन। जनताले परिवर्तन खोजेका छन् भने राजनीतिक दलहरू पनि सच्चिनुपर्छ।’

‘हिजो जे त्रुटि भए, जे गल्ती भए र जसको परिणाम भदौ २३ र २४ का घटनामा देखियो, त्यसको आवेग आज हामीले सहिरहेकाछौँ। जेनजी र राजनीतिक दल दुवैबाट आलोचना भइरहे पनि हामी अचानो होइनौँ। मुलुकको निम्ति आएका सबै आक्षेप सहन तयार छौँ,’ उलने थपिन्।

उनले आफूहरू जेनजीको रगतमा रमाउन सरकारमा नआएको स्पष्ट गर्दै सबैलाई निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरिन्। सबै राजनीतिक दल एकतावद्ध भएर शान्ति चाहने हो भने कसैले पनि अशान्ति फैलाउन नसक्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad