राजनीति


मन्त्रीहरूको बोलीले निर्वाचन भाँडिँदैछ : नेपाली कम्युनिस्ट पार्टी

मन्त्रीहरूको बोलीले निर्वाचन भाँडिँदैछ : नेपाली कम्युनिस्ट पार्टी

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८२ सोमबार १६:५७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचनको वातावरण बिग्रँदै गएको बताएका छन्। 

सरकारले आह्वान गरेको सर्वपक्षीय बैठकमा बोल्दै उनले मन्त्रीहरूले धेरै बोल्नुको सट्टा काममा केन्द्रित हुनुपर्ने बताए। ‘यो निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण हुनुपर्छ,’ पाण्डेले भने, ‘त्यो वातावरण बनाउने जिम्मेवारी सरकारको हो। तपाईंहरूको बोलीले निर्वाचन भाँडिँदैछ। अहिले मुख बन्द गरेर काम गर्नुस्।’

नेता पाण्डेले सरकारलाई निर्वाचनमा ध्यान केन्द्रित गर्न र नयाँ कुरामा उल्झिन नहुने चेतावनी पनि दिए। ‘तपाईंहरुलाई ऐतिहासिक जिम्मेवारी दिइएको छ। यदि निर्वाचन स्वच्छ, निष्पक्ष गराउन सक्नुहुन्न भने मन्त्री भएर नबस्नुस्,’ उनले भने।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad