राजनीति


सुदन र मिराजलाई रक्षा बमको चेतावनी: चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नू

सुदन र मिराजलाई रक्षा बमको चेतावनी: चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्नू

नेपालखबर
पुस ७, २०८२ सोमबार १०:३२, काठमाडौँ

जेनजी फ्रन्टकी संयोजक रक्षा बमले सुदन गुरुङ र मिराज ढुङ्गानाप्रति लक्षित गर्दै कडा टिप्पणी गरेकी छन्। 

सामाजिक सञ्जाल फेसबुक मार्फत् बमले गुरुङ र ढुंगानामा पितृसत्तावादी सोच रहेको आरोप लगाउँदै  ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने भूल नगर्न’ पनि चेतावनी दिएकी छन्। 

एकजना जेनजी मित्र, जो सेप्टेम्बर ८ को दिन आन्दोलनमै आएका थिएनन, आज अन्तरिम सरकारलाई ‘कामचोर’ घोषणा गरेर संसद पुनस्थापना र सर्वपक्षीय सरकार भनिरहेका छन्,’ उनले सामाजिक सञ्जालमा लखेकी छन्, अर्का एक जेन जीका दाइ छन्, उनले पनि केही दिनअगाडि कान्तिपुर टीभीको फायरसाइडमा संसद पुनस्थापना र सर्वपक्षीय सरकारकै कुरा विकल्पको रूपमा अगाडि सारेका थिए। अनि फेरि आफै ‘हामी तिमीहरूलाई आउन दिन्छौँ र? हामीले हातमा चुरा लगाएका छैनौं’ पनि भन्दै थिए।’

उनले गुरुङ र ढुंगानालाई भनेकी छन्, ‘जेन जी मित्र र जेन जीका दाई दुवैलाई भन्न चाहन्छु, तपाईहरू दुबैले जुन संसद पुनस्थापना को कुरा गरिरहनु भएको छ, हाम्रो देशको राजनैतिक कोर्स त्यहाँबाट निकै अगाडि बढिसकेको छ। अब पश्चगामी बाटोतर्फ जानुभन्दा नयाँ जनादेश लिएर नयाँ संसद मार्फत मुलुकलाई निकास दिदै, हाम्रा मुद्दाहरू सम्बोधन गरिने बाटो खोजिनुपर्दछ।’

उनले यतिखेर सबैभन्दा प्रमुख कुरा, राजनीतिक प्रक्रियाको अवश्यकता रहेको बताइएकी छन्। 

‘हामी कसैको पनि स्वार्थपूर्तिका खातिर राजनैतिकररणनैतिक गोटी बन्नुहुँदैन। हामी थप सचेत हुन जरूरी छ। देशमा शान्ति जरूरी छ। 
अनि जेन जीका दाई , मेरा यी चुरा लगाएका दुबै  हात यस्ता सम्पूर्ण गलत कुकृत्यका विरूद्ध आफ्नो मुठ्ठी उठाईरहेकै छन्,’ बमले भनेकी छन्, ‘चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोला। स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस र याद गर्नुस, परिवर्तनका हरेक आन्दोलनहरूमा महिलाहरूले पनि आफ्नो रगत पसिना एक गरेका छन्। २८ भदौ २०८२ मा ढोगेको खुट्टा सम्झनुस् । तपाईले चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad