राजनीति


मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि अनुमति लिएको छैन : काठमाडौँ जिल्ला प्रशासन

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि अनुमति लिएको छैन : काठमाडौँ जिल्ला प्रशासन

मिराज ढुंगाना


नेपालखबर
पुस ७, २०८२ सोमबार ९:३३, काठमाडौँ

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आन्दोलन घोषणा गरेको मिराज ढुंगानाको समूहले आज (सोमबार) माइतीघरमा प्रदर्शनका लागि अनुमति नलिएको बताएका छन्।

प्रदर्शनका लागि अनुमति लिन पर्ने तर अहिलेसम्म लिइनसकेको उनले बताए। 

‘अनुमति लिनुपर्छ तर अहिलेसम्म लिनुभाछैन’, प्रमुख जिल्ला अधिकारी पौडेलले सोमबार बिहान साढे ९ बजे नेपालखबरसँग भने।  

आइतबारै पत्रकार सम्मेलन गरी ‘शान्तिपूर्ण आन्दोलन’ घोषणा गरेको ढुंगाना समूहले आज विरोध प्रदर्शन गर्ने भनेको छ। 

ढुंगानाले आज (सोमबार) बिहान ११ बजे माइतीघर मण्डलामा भेला हुन साथीहरूलाई आह्वान गरेका छन्। 

जेनजीको यो समूहले १० बुँदे माग राखेर आन्दोलन सुरु गर्न लागेको हो। 

आइतबार पत्रकार सम्मेलनमा ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकार जेनजीको मर्मअनुसार चल्न नसकेको आरोप लगाउँदै सर्वपक्षीय सरकार गठन हुनुपर्ने माग गरे। 

उनले भने, ‘आजको आवश्यकता यस्तो राजनीतिक नेतृत्वको हो, जसले सबै पक्षलाई विश्वासमा लिनसक्छ, संवाद गर्नसक्छ। न्याय दिन सकोस् र देशलाई शान्ति र स्थायित्व दिन सकोस्। यही माग आन्दोलनको सार हो। सर्वपक्षीय सरकार आजको आवश्यकता हो। हामीले १०० दिन देख्यौँ सरकारको, यसले हाम्रो आन्दोलनको मर्म बोक्दैन, यसले हाम्रो नेतृत्व गर्न सक्दैन।’

यस्ता छन् ढुंगानाको समूहले राखेका माग:

  • संवैधानिक सुधार र संविधान पुनर्लेखन: राज्यको पुनःसंरचना र राजनीतिक स्थिरताका लागि सर्वपक्षीय गोलमेच सम्मेलन वा संविधान परिमार्जन सभा गठन गरी संविधान पुनर्लेखन गर्नुपर्ने।

  • न्यायिक सुधार: भ्रष्टाचार नियन्त्रणका लागि शक्तिशाली 'भ्रष्टाचार निर्मूल आयोग' गठन र अदालतका फैसलाहरूको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने।

  • आन्दोलनकारीको रिहाइ र न्याय: अघिल्लो आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष युवाहरूको तत्काल रिहाइ, घाइतेहरूको उपचार तथा शहीद परिवारका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी।

  • मताधिकार र एनआरएन नीति: विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्दै 'एक पटकको नेपाली, सधैँको नेपाली' नीतिलाई व्यवहारमा उतार्नुपर्ने।

  • पीडितको न्याय: मिटरब्याज, सहकारी, लघुवित्त र उखु किसानका समस्या समाधान गरी दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad