नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पुस्तान्तरणको बहसभन्दा काममा विश्वास गर्ने पार्टी भएको बताएका छन्।
शुक्रबार ११ औँ महाधिवेशनबाट निर्वाचित प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले एमालेको केन्द्रीय कमिटी सन्तुलित, समावेशी र पुस्तागत प्रतिनिधित्वयुक्त रहेको बताए।
‘अरूले हस्तान्तरण र पुस्तान्तरणका कुरा गर्छन्, हामी काम गर्छौं र कामबाटै देखाएका छौँ,’ ओलीले भने। केन्द्रीय कमिटीमा नयाँ अनुहार समेटिएको उल्लेख गर्दै उनले भने, ‘महिलाको राम्रो सहभागिता छ, पुरानो अनुभवी पुस्ता पनि छ र नयाँ पुस्ता पनि यहाँ छ।’
७७ वर्षको इतिहास बोकेको ठूलो पार्टीको केन्द्रीय कमिटीमा जेनजी पुस्ताको उपस्थिति महत्वपूर्ण भएको बताउँदै ओलीले भने, ‘यत्रो पार्टीको केन्द्रीय कमिटीमा जेनजी अटाउने कुरा सानोतिनो होइन, त्यो हामीसँग छ।’
Shares

प्रतिक्रिया