नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्यका लागि उपत्यका बाहिर निर्वाचन सुरु भएको छ।
निर्वाचन समितिका अनुसार पुस ४ र ५ गते उपत्यका बाहिर मतदान गर्न पाउने व्यवस्था मिलाइएको हो। एक उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् भने आठ सदस्य पदमा ३३ जना प्रतिस्पर्धामा छन्।
काउन्सिलका हालका सदस्य समेत रहेका डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाले उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरिरहेका छन्।
काठमाडौँ उपत्यकाभित्र भने पुस ११ र १२ गते मतदान हुनेछ।
27
Shares

प्रतिक्रिया