राजनीति


यी हुन् एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (नामावलीसहित)

यी हुन् एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरू (नामावलीसहित)

नेपालखबर
पुस ३, २०८२ बिहिबार १८:५३, काठमाडौँ

नेकपा (एमाले)को एघारौँ महाधिवेशनबाट ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको छ। 

एमालेको अध्यक्षमा तेस्रो पटक केपी शर्मा ओली निर्वाचित भएका छन्। उनले १ हजार ६६३ मत पाए भने प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत पाए। 

त्यस्तै, उपाध्यक्षमा गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त, रामबहादुर थापा ‘बादल’ र विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। 

महासचिवमा शंकर पोखरेल फेरि निर्वाचित भएका छन्। उनले १ हजार २२८ मत पाए भने प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाए। 

यसैगरी, उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट निर्वाचित भएका छन्। सचिवमा खगराज अधिकारी, छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल, महेश बस्नेत, राजन भट्टराई, शेरधन राई र हिक्मतकुमार कार्की निर्वाचित भएका छन्। 

यससँगै एमालेको महाधिवेशनले केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी र सदस्य पनि निर्वाचित गरेको छ। 

एमालेको एघारौँ महाधिवेशनमा कसले कति मत पाए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad