नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी भएको स्पष्ट पारेका छन्।
एमालेको ११औँ महाधिवेशनपछि आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको छ। नेकपा एमाले सकिने पार्टी होइन, यो एक जीवन्त र अजम्बरी पार्टी हो।’
उनले एमाले विशेष धातुले बनेको पार्टी भएको उल्लेख गर्दै पार्टी कमजोर हुने ठान्नेहरूको अनुमान गलत सावित भएको बताए। ‘धेरैले एमाले फुट्ने आश गरेका थिए, फुट्छ भनेर धुप हालिराखेका थिए, तर तिनको धुप खेर जान्छ,’ओलीले भने, ‘एमाले अझ मजबुत भएर अगाडि जान्छ।’
लोकतान्त्रिक अभ्यास गर्दा पार्टी फुट्छ भन्ने आरोपप्रति संकेत गर्दै उनले भने, ‘अलिकति लोकतान्त्रिक अभ्यास गर्यो भने अब फुट्छ भन्ने मानसिकता गलत हो।’
Shares

प्रतिक्रिया