ad ad

राजनीति


किम सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान

किम सार्वजनिक भएको २४ घण्टा नबित्दै उत्तर कोरिया र दक्षिण कोरियाबीच गोली हानाहान

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ५:४६,

उत्तर कोरिया र दक्षिण कोरियाका सेनाबीच गोली हानाहान भएको छ।

मृत्युका हल्लाबीच उत्तर काेरियाका शासक किम जङ अन सार्वजनिक भएकाे २४ घण्टा पुग्दा नपुग्दै दुई कोरियाको भूभाग छुट्ट्याउने क्षेत्रमा गोली हानाहान भएको हो।

याे पनि: मृत्युका हल्लाबीच २० दिनपछि सार्वजनिक भए किम जोङ उन

सुरुमा उत्तर कोरियाका तर्फबाट थुप्रै गोली हानिएपछि जवाफमा पनि आफूले गोली चलाएको दक्षिण कोरियाली सेनाले जनाएको छ। तर के कारणले गोली  हान्न सुरु गरियाे भन्ने खुलेको छैन।

सैन्य हटलाइनमार्फत उत्तर कोरियासँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको जोइन्ट चिफ अफ स्टाफ (जेसीएफ) ले जनाएको छ। सम्पर्क स्थापित भएपछि मात्रै गोली हान्नुको कारण खुल्ने बताइएको छ।

घटनामा कुनै हताहती वा क्षति नभएको बीबीसीले जनाएको छ।

उत्तर कोरियाली सैनिकले दक्षिण कोरियातिर सीधै गोली चलाएको पछिल्लो ५ वर्षपछिकाे याे नै पहिलोपटक भएकाे समाचारमा उल्लेख छ।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .