राजनीति


एमालेमा ८ जना नेता बने पहिलो पटक पदाधिकारी

एमालेमा ८ जना नेता बने पहिलो पटक पदाधिकारी

नेपालखबर
पुस ३, २०८२ बिहिबार १४:३३, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पदाधिकारीमा पहिलो पटक ८ जना नेता निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न मतगणनामा १ जना उपाध्यक्ष र ७ जना सचिवमा निर्वाचित भएका हुन्।

पहिलो पटक पदाधिकारी बन्नेहरुमा रघुजी पन्त, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हिक्मतकुमार कार्की र यामलाल कँडेल, भानुभक्त ढकाल र राजन भट्टराई रहेका छन्। 

पन्तले उपाध्यक्षमा १२५८ मत पाएर विजयी भएका छन्। सचिवमा महेश बस्नेतले सर्वाधिक १५४४ मत ल्याएर विजयी भए। 

त्यस्तै राई (१५०३ मत), कार्की (१३३७), खगराज अधिकारी (१२३१), यामलाल कँडेल (११८५), राजन भट्टराई (११८१) र भानुभक्त ढकाल (११०८) मत ल्याएर विजयी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad