नेकपा (एमाले) को ११औँ महाधिवेशनमा मत गणना जारी छ। पछिल्लो मत परिणाम अनुसार सचिवमा ९ जना नै केपी शर्मा ओलीको टिमका उम्मेदवारले अग्रता लिएका छन्।
ओली टिमका छविलाल विश्वकर्मा र महेश बस्नेतले सर्वाधिक मत ३११ सहित अग्रता लिँदा पद्माकुमारी अर्याल र शेरधन राईले पनि ३ सय मत कटाएका छन्।
अर्यालले ३०५ र राईले ३०० मत पाएका छन्। यस्तै खगराज अधिकारीले २७९, हिक्मत कुमार कार्कीले २७४, यमलाल कडेलले २६९, राजन भट्टराईले २३६ र भानुभक्त ढकालले २२५ मत पाएका छन्।
सचिवमा २० जनाको उम्मेदवारी परेको छ। अन्य उम्मेदवारले भने २ सय मत नघाउन सकेका छैनन्।
अरु उम्मेदवारको मतः
अग्निप्रसाद खरेल : १४९
इन्द्रलाल साप्कोटा : ७४
कृष्ण गोपाल श्रेष्ठ : ११४
गोकुलप्रसाद बास्कोटा : १९२
ठाकुरप्रसाद गैरे : १७५
पुर्सोतम पौडेल : ८६
पेम्वा लामा : ८५
रचना खड्का : १६९
लालबाबु पण्डित : ७३
विनोदप्रसाद ढकाल : १४८
Shares

प्रतिक्रिया