राजनीति


राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशका लागि तोकिए मतदान केन्द्र

राष्ट्रियसभा निर्वाचन: सातै प्रदेशका लागि तोकिए मतदान केन्द्र

नेपालखबर
पुस २, २०८२ बुधबार १८:४५, काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि मतदानस्थल तथा केन्द्र तोकेको छ। प्रदेश राजधानी मतदानस्थल हुनेगरी बुधबार मतदान केन्द्र निर्धारण गरिएको हो।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका मतदाताले कोशी प्रदेश निर्वाचन कार्यालय, बिराटनगर पुगेर मतदान गर्नुपर्नेछ। मधेश प्रदेशको निर्वाचन केन्द्र महेन्द्र नारायण निधि, मिथिला संस्कृति केन्द्र, जनकपुरमा रहनेछ। 

गण्डकीका मतदाता भोट हाल्न प्रदेश निर्वाचन कार्यालय पोखरा जानु पर्नेछ। लुम्बिनीको कर्मचारी मिलन केन्द्र घोराही, कर्णालीको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर तथा सुदूरपश्चिमका लागि प्रदेश निर्वाचन कार्यालय धनगढी मतदान केन्द्र तोकिएका छन्। 

आयोगका अनुसार राष्ट्रियसभा निर्वाचनमा क मतदान केन्द्रमा प्रदेश सभा सदस्यले मतदान गर्नेछन्। ख केन्द्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका मेयर, उपमेयरले मतदान गर्नेछन्।

आगामी माघ ११ गतेका लागि राष्ट्रिय सभाको मिति तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad