प्रधानमन्त्री सुशीला कार्की पुल्चोकस्थित यूएन हाउसमा पुगेकी छिन्।
संयुक्त राष्ट्रसंघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा सहभागी हुन उनी त्यहाँ गएको कार्कीको सचिवालयले बताएको छ।
नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता १४ डिसेम्बर १९५५ मा प्राप्त गरेको थियो। जसले नेपाललाई विश्व संगठनमा औपचारिक रूपमा प्रवेश गराएको थियो।
तर संयुक्त राष्ट्रसंघसँग नेपालको सम्बन्ध त्यसभन्दा पहिला नै सन् १९५१मा मा शुरु भएको मानिन्छ।
त्यति बेला खाद्य तथा कृषि संगठन (एफएओ)ले काठमाडौँमा आफ्नो कार्यालय खोलेको थियो।

93
Shares

प्रतिक्रिया