भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित बालकोटका नेकपा एमालेसम्बद्ध नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
बुधबार उनीहरुलाई नेपाली कम्युनिस्ट पार्टींका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए।
पार्टी प्रवेश गर्नेमा एमाले बालकोटका नेता तथा सूर्यविनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष उम्मेदवार रवि श्रेष्ठ, नेपाल-कोरिया मैत्री अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. डी के रोसनलगायत सूर्यविनायक क्षेत्रका विभिन्न नेता-कार्यकर्ताहरू प्रवेश गरेको बताइएको छ।
नवप्रवेशीहरूलाई प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई थप सशक्त बनाउँदै समाज परिवर्तन र जनताको पक्षमा दृढतापूर्वक अघि बढ्न नेपाली कम्युनिस्ट पार्टीमा गोलबन्द हुन सबैलाई आह्वान गरेका थिए।
396
Shares

प्रतिक्रिया