गुगल डट कम भन्ने बित्तिकै हामी सर्च इन्जिनको रुपमा सम्झन्छौँ। हो नै विश्वका करोडौँ प्रयोगकर्ताले उसलाई सर्च इन्जिनकै रुपमा चिन्छन् र प्रयोग गर्छन्।
हत्तपत्त फिचर नफेर्ने गुगलले यो वर्ष केहि अगाडि एआई मोड सर्टकर्ट थपेको थियो। अहिले गुगल सर्चको होमपेजमा नयाँ ‘प्लस’ मेनु थप भएको छ। गुगलले यसलाई ‘एक्सन इन्जिन’ भनेर विशेषण दिइरहेछ।
प्लस मेनु
सर्च इन्जिन कम्पनीले एक दशक अगाडि गुगल प्लस नाम दिएर सोसल मिडिया चलाउने प्रयास गरेको थियो। त्यो असफल भयो। अहिले त्यही नाम दिएर नयाँ फिचर ल्याएको हो। 'गुगल प्लस फर्किएको छ', उसले भनेको छ।
गुगल सर्च इन्जिनको हकमा यो मेनु आउनुभन्दा अगाडि सर्च बार भित्र 'म्याग्निफाइङ्ग ग्लास' थियो। त्यसलाई हटाएर अहिले त्यही ठाउँमा 'प्लस' मेनुले राखेको हो। कुनै ठाउँमा अक्षरमा ‘प्लस’ देखिए पनि खासमा यसलाई अंककै प्लस संकेतको रुपमा प्रयोग गरिएको छ।
अनि प्रयोगकर्तालाई के फाइदा?
फाइल विश्लेषण गर्न छुट्टै जेमिनाइ वा एआई पेजमा गइरहनु पर्दैन। पहिले लुकेर रहने वा धेरै पटक क्लिक गरेपछि मात्र पाइने गुगल लेन्स वा एआई मोड अब होममै उपलब्ध हुनेछ। यो सेवाले लामो समय लगाएर गर्ने कामलाई एक कमान्डमा गर्न सकिने बनाइदिन्छ। प्लस मेनुबाट तस्विर वा फाइलहरुको एकमुस्ट र अनुसन्धान आधारित जवाफ पाउन सम्भव हुनेछ।
गत सोमबारदेखि गुगलले ल्याएको यो नयाँ फिचर अहिले डेस्कटप भर्सनमा मात्र उपलब्ध छ। मोबाइल भर्सन आइसकेको छैन। गुगलको क्रोम ब्राउजरबाट यो प्रयोग गर्न सकिनेछ।
Shares

प्रतिक्रिया