नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ।
बुधबार बिहान ९ बजेदेखि सुुरु भएको मतदान कतिबेलासम्म चल्ने भन्ने निश्चित छैन।
तर, नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले मतदान गर्न चाहानेहरू साँझ ५ बजेभित्र मतदान स्थलमा प्रवेश गरिसक्नुपर्ने बताएको छ।
त्यो भन्दापछि आउनेलाई मतदान गर्न नदिने आयोगको भनाइ छ।
मतदानमा सहभागीहरू एक व्यक्तिलाई औषत ३० मिनेटजति मतदान गर्न समय लाग्ने बताएका छन्।
एमालेका २ हजार २ सय ६३ महाधिवेशन प्रतिनिधि रहेका छन्।
उनीहरूले करिब ३०० पदमा नेतृतव चयन गनुपर्ने छ।
171
Shares

प्रतिक्रिया