राजनीति


एमालेका पक्षमा खुलेकी ज्योति, मुस्कुराउँदै ओलीसँग गरिन् फोटोसुट

एमालेका पक्षमा खुलेकी ज्योति, मुस्कुराउँदै ओलीसँग गरिन् फोटोसुट

तस्बिरः केपी शर्मा ओलीको सचिवालय


नेपालखबर
पुस २, २०८२ बुधबार १३:३९, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेनशमा मतदान चलिरहेको छ। चौथो दिनपछि मात्रै मतदान भएको भए पनि एकतातिर मतदान र अर्कोतिर प्रचारसँगसँगै चलिरहेको छ। 

अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै हिँडेर मत मागिरहेका पनि छन्। अनि, उनीहरुको पक्षमा मत मागिदिने नेता, कार्यकर्ताहरु पनि छन्। 

यस्तैमा मिसिएकी छिन् गायिका ज्योति मगर। मंगलबारदेखि नै एमाले महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डमा सक्रिय छन्। 

हिजो विभिन्न उम्मेदवारका पक्षमा मत मागेकी उनले आज अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीसँग सँगै फोटोसुट गरिन्। तस्बिरमा उनीहरू दुवैजना मुस्कुराएको देखिन्छ। 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि सामाजिक सञ्जालमार्फत राजनीतिक विचार व्यक्त गर्न थालेकी ज्योति महाधिवेशनदेखि एमालेका पक्षमा खुलेरै लागेकी छिन्। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad