राजनीति


शान्ति खल्बल्याउने क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ : प्रधानमन्त्री

शान्ति खल्बल्याउने क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ : प्रधानमन्त्री

नेपालखबर
पुस २, २०८२ बुधबार १२:२०, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न सरकार दृढताका साथ लागेको बताएकी छिन्।

बुधबार ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवस समारोहमा मन्तव्य दिँदै प्रधानमन्त्री कार्कीले अहिले सरकार दुई एजेन्डामा अघि बढेको बताइन्।

‘हामी अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित छौँ,’ कार्कीको भनाइ छ, ‘आउँदो फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारीका काम धेरै अगाडि बढिसकेका छौँ।’

भदौ २३ र २४ गते भएको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको उल्लेख गर्दै उनले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरूप सरकारलाई शक्ति हस्तान्तरण गर्न सरकार आतुर रहेको बताइन्। ‘निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग आवश्यक छ,’ उनको भनाइ छ।

प्रधानमन्त्री कार्कीले समाजमा अराजकता स्वीकार्य नहुने उल्लेख गर्दै भनिन्, ‘शान्ति खल्बल्याउने, कानुन हातमा लिने जस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय छ।’

खराब तत्त्वविरुद्ध समुदायको भूमिकासमेत महत्वपूर्ण रहेको बताउँदै प्रधानमन्त्री कार्कीले आग्रह गरिन्। ‘आउनुहोस्, शान्ति, लोकतन्त्र र सुशासनका लागि सबैले हातेमालो गरौँ,’ उनले भनिनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad