राजनीति


दुर्गा प्रसाईंका प्रतिनिधि र सरकारबीच वार्ता

दुर्गा प्रसाईंका प्रतिनिधि र सरकारबीच वार्ता

फाइल फोटो


नेपालखबर
पुस १, २०८२ मंगलबार २१:३२, काठमाडौँ

सरकारद्वारा गठित वार्ता समिति र नागरिक बचाउ अभियानका प्रतिनिधिबीच वार्ता सुरु भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अहिले वार्ता भइरहेको छ। 

वार्तामा सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल, जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना र नागरिक बचाउ अभियानका तर्फबाट प्रेमदिप लिम्बु देवीप्रसाद सङ्ग्रौला, प्रेम थापामगर सहभागी छन्। अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवण न्यौपानेले वार्ताको सहजीकरण गरेका सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ।

आजको वार्ताको निचोडपछि अभियानका संयोजक दुर्गा प्रसाईसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने जनाइएको छ।

सरकारले राजनीतिक वातावरण बनाएर सहज रूपमा निर्वाचन सम्पन्न गर्नका लागि वार्ता र संवाद गरिरहेको हो। विभिन्न राजनीतिक दल र सरोकार भएकाहरूसँग वार्ता गर्न केही दिनअघि उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो।

कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित समितिमा सञ्चारमन्त्री खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्। उक्त समितिअन्तर्गत राजनीतिक दल र विभिन्न पक्षसँग वार्ता गर्न सञ्चारमन्त्री खरेलको संयोजकत्वमा छुट्टै समिति गठन गरिएको छ। सोही समितिले आज अभियानका प्रतिनिधिसँग वार्ता गरिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad