राजनीति


शेखर कोइरालाले देउवा भेटे, बिना नम्बरका फारम फिर्ता लिन माग गरे

शेखर कोइरालाले देउवा भेटे, बिना नम्बरका फारम फिर्ता लिन माग गरे

काँग्रेस सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला


नेपालखबर
पुस १, २०८२ मंगलबार १४:५१, काठमाडौँ

क्रियाशील सदस्यता तिरणमा भएको प्रक्रियालाई लिएर नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्। क्रियाशील सदस्यता वितरण समितिले नम्बर बिनाका फारम जिल्ला–जिल्ला पठाएको र केन्द्रीय अनुशासन समितिले गरेको कारवाही सिफारिश फिर्ता भएको विषयमा कोइरालाले चासो देखाएका हुन्।

‘नम्बर बिनाका फारमले देशैभरि जटील समस्या उत्पन्न भएको बारेमा उहाँले कुरा राख्नुभयो’, कोइरालाको निजी सचिवालयले सन्देश पठाउँदै भनेको छ, ‘बिना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया सुरु हुन सक्दैन भनेर उहाँले सभापतिसँग छलफल गर्नुभयो।’

भेटमा सबैको कारवाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचन खटिन निर्देशन दिनुपर्ने कोइरालाले बताएका थिए। २०७९ को निर्वाचनमा भएको गठबन्धनका समयमा भएका कुरालाई लिएर अहिले कारवाही गरिनु औचित्यपूर्ण नहुने तर्क कोइरालाको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad