नेपाली सभापति शेरबहादुर देउवा र कांग्रेसका नेता शेखर कोइरालाबीच भेटघाट भएको छ।
क्रियाशील सदस्यता वितरण समितिले नम्बरबिनाका फारम जिल्ला-जिल्लामा पठाएको विषय र केन्द्रीय अनुशासन समितिले गरेको कारबाही फुकुवालगायत विषयमा छलफल गर्न कोइराला केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसहित सभापति देउवालाई भेट्न पुगेका हुन्।
भेटमा कोइरालाले नम्बरबिनाका फारम पठाइँदा पार्टीभित्र देशभर जटिल समस्या उत्पन्न भएको भन्दै ती फारम तत्काल फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन देउवासँग आग्रह गरे। उनले बिनानम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने तर्क राखे।
त्यस्तै अनुशासन कारबाहीको विषयमा पनि देउवाको ध्यानाकर्षण गराउँदै कोइरालाले सबै कारबाही फुकुवा गरी पार्टी महाधिवेशन र आम निर्वाचनमा खटिन निर्देशन दिनुपर्ने धारणा राखे।
२०७९ को निर्वाचनका बेला गठबन्धनसँग सम्बन्धित विषयमा अहिले कारबाही गर्नु उपयुक्त नभएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया