राजनीति


भोटिङ मेसिनमा धमाधम उम्मेदवारको नाम ‘इन्ट्री’ गरिँदै, मतदान केही ढिला सुरु हुने

भोटिङ मेसिनमा धमाधम उम्मेदवारको नाम ‘इन्ट्री’ गरिँदै, मतदान केही ढिला सुरु हुने

नेपालखबर
पुस १, २०८२ मंगलबार ९:३०, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज (मंगलबार) हुने मतदान निर्धारित समयभन्दा केही ढिला हुने सम्भावना देखिएको छ। 

तेस्रोपटक संशोधित निर्वाचन तालिकाअनुसार आज दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म मतदान हुने समय तोकिए पनि प्राविधिक कारण केही ढिला सुरु हुने भएको हो। 

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ। अहिले त्यसमा उम्मेदवारको नाम ‘इन्ट्री’ गर्ने काम भइरहेको रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले जानकारी दिएका छन्। 

‘हामीले निर्धारित समयमा उम्मेदवारको नाम मेसिनमा इन्ट्री गरेर निर्वाचन आयोगलाई बुझाउने कोसिसमा छौँ’, उनले रासससँग भनेका छन्, ‘तर धेरै उम्मेदवार भएको कारण हामीलाई केही समय लाग्ने भएकाले मतदानको समय पनि केही ढिला हुनसक्छ।’

एमालेको केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ। 

निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाका अनुसार  ३०१ सदस्यीय केन्द्रीय कमिटी, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका लागि गरी ३५१ पदका लागि निर्वाचन हुँदै छ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदै छ।

महासचिव पदमा वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे भिड्दै छन्। 

मतदानमा कुल २ हजार २६३ जना महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad