राजनीति


ओली पक्षबाट केन्द्रीय सदस्यमा दोहोरिएका युवा नेता

ओली पक्षबाट केन्द्रीय सदस्यमा दोहोरिएका युवा नेता

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १४:३३, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही नेतालाई केन्द्रीय सदस्यमा दोहोर्‍याएर एघारौँ महाधिवेशनको उम्मेदवारी नामावली तयार पारेका छन्। 

पदाधिकारीमा महेश बस्नेत, भानुभक्त ढकाल, हिक्मत कार्की लगायत नेतालाई अघि सारेका ओलीले केन्द्रीय समितिमा पनि प्रभावशाली युवा नेतालाई उम्मेदवार बनाएका छन्। 

सोमबार उनले ३०१ जनाकै सूची तयार पारेका हुन्। जसमा केन्द्रीय सदस्य पदका लागि सूर्य थापा, विष्णु रिजाल, सुनिता बराल, निरज आचार्य, महेश बर्ताेला, यज्ञराज सुनुवार, किरण पौडेल, कोमल वली लगायतलाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।

सुनुवार भने नवौँ महाधिवेशनमा पहिलो पटक केन्द्रीय सदस्य भएका थिए। उनले दशौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बन्ने अवसर पाएका थिए।

रिजाललाई कर्णालीको खुलाबाट उम्मेदवार बनाइएको छ। अन्य सबै खुलाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनाएका हुन्।

उनीहरू दशौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य निर्वाचित भएका थिए। उनीहरूले अब उम्मेदवारी मनोनयन गराउँदै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad