राजनीति


पृथ्वीसुब्बा गुरुङ : महासचिवको आकांक्षी, उपाध्यक्षमा फड्को

पृथ्वीसुब्बा गुरुङ : महासचिवको आकांक्षी, उपाध्यक्षमा फड्को

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १२:५३, काठमाडौँ

नेकपा एमालेको केपी शर्मा ओली पक्षको प्यानलबाट हालका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन्। 

५ जना उपाध्यक्षका उम्मदेवार तय गर्दा ओली पक्षले उनलाई पनि उम्मेदवार बनाएको हो। उपमहासचिव गुरुङ हाल केपी ओलीको बलियोसँग प्रतिरक्षा गर्ने नेताहरुमध्यमा छन्।

उपमहासचिव रहिसकेका गुरुङ महासचिवको बलियो आकांक्षी थिए। उनले अन्तिमसम्म पनि अध्यक्ष ओलीसँग महासचिव बन्ने आफ्नो चाहना रहेको कुरा राख्दै आएका थिए। 

शंकर पोखरेल महासचिवमा दोहोरिन नहुने भन्दै उनले आफु महासचिवको उम्मेदवार बन्ने बताउँदै आएका थिए। 

पछिल्लो समयसम्म विद्या भण्डारी–ईश्वर पोखरेल पक्षसँग निकट संवादमा रहेका गुरुङ उपाध्यक्ष विष्णु पौडेल निकट नेता मानिन्छन्। 

ओलीले महासचिवको उम्मेदवार नबनाउँदा गुरुङलाई आफ्नो पक्षबाट महासचिवमा अगाडि सार्ने पोखरेल पक्षको तयारी थियो। गुरुङ तयार हुँदा उनलाई महासचिवको उम्मेदवार बनाउन हाल यो पक्षबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डे पनि तयार थिए। 

गुरुङलाई महासचिवको उम्मेदवार बनाउँदा शंकर पोखरेललाई बलियो टक्कर दिन सकिने यो पक्षको विश्लेषण थियो। 

महासचिवको आकांक्षी भए पनि उपाध्यक्ष बनेर गुरुङ ओलीकै प्यानलमा रहन तयार भएपछि पाण्डे यो पक्षबाट महासचिव उम्मेदवार बनेका हुन्।

भदौ २३ र २४ गतेसम्मको जनेजी आन्दोलनबाट ओली सरकार ढल्नुअघिसम्म उनी सञ्चार, सूचना तथा प्रविधि मन्त्री थिए। 

विदेशी षड्यन्त्र गरेर सरकार ढालिएको र केपी ओली राष्ट्रवादी नेता भएको भन्दै उनले पछिल्लो समय फेरि पनि एमाले अध्यक्ष ओली नै बन्नुपर्ने तर्क गरिरहेका थिए।

गुरुङ पञ्चायतकालमै २०३४ सालदेखि राजनीतिमा होमिएका थिए। सुरुमा शिक्षण पेशामा आवद्ध उनी त्यहीँबाट राजनीतिमा होमिएका थिए। 

कम्युनिस्ट पार्टीको सदस्यता भने २०३७ मा तत्कालीन नेकपा मालेको लिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad