नेकपा (एमाले)को महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट ६ जना नयाँ अनुहार उम्मेदवार बन्ने भएका छन्।
अध्यक्ष ओलीले सोमबार तयार गरेको सूचीमा लेखराज भट्ट, पद्मा अर्याल, छविलाल विश्वकर्मा, यमलाल कँडेल, शेरधन राई, खगराज अधिकारी, हिक्मत कार्की, राजन भट्टराई र महेश बस्नेत सचिवका उम्मेदवार छन्। तर, लेखराजले फेरि सचिवमा नलड्ने बताएका छन्।
सचिवको उम्मेदवारको सूचीमा रहेका पद्मा र छविलाल यसअघि पनि सचिव नै हुन्। दुवै जना दशौँ महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए।
यमलाल, शेरधन, खगराज, हिक्मत, राजन र महेश सचिवका उम्मेदवारमा नयाँ अनुहार हुन्। यमलाल, शेरधन, हिक्मत र राजन अहिले स्थायी कमिटी सदस्य थिए। महेश यसअघि केन्द्रीय कमिटी सदस्य थिए भने खगराज पूर्वकेन्द्रीय सदस्य हुन्।
लेखराज भट्ट सचिवमा नलड्ने भएपछि अर्को उम्मेदवार बनाउनुपर्ने छ। त्यसमा पनि नयाँ अनुहार आउनसक्ने सम्भावना छ।
Shares

प्रतिक्रिया