केही समययता अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा मत राखिरहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा अन्ततः जारी एघारौँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलबाट सचिवमा चुनाव लड्ने भएका छन्।
पोखरेल पक्षले तयार पारेको उम्मेदवार सूचीमा उनको नाम सचिव पदका लागि तय गरिएको छ।
अन्य सचिवमा कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, विनोद ढकाल, रचना खड्का इन्द्रलाल सापकोटालगायत उम्मेदवार छन्।
केपी शर्मा ओलीलाई अध्यक्ष पदमा टक्कर दिन लागेका पोखेरलको पक्षले केन्द्रीय समितिमा रहने ३०१ पदमै उम्मेदवार खडा गरेको हो।
आइतबार राति अबेरसम्म र आज (सोमबार) बिहान बसेको बैठकले १९ पदाधिकारीसहित सबै पदका लागि उम्मेदवार टुंगो लगाएको पोखरेल समूहका एक नेताले नेपालखबरलाई जानकारी दिए।
जसअनुसार अध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा सुरेन्द्र पाण्डे, तीन उपाध्यक्षमा बिन्दा पाण्डे, गोकर्ण विष्ट र परशु मेघी गुरुङले उम्मेदवारी दिँदै छन्। यस्तै उपमहासचिवका उम्मेदवारमध्ये एक योगेश भट्टराई हुन्।
आइतबार मात्र संशोधित एमाले विधानअनुसार पार्टी संरचना अब यस्तो हुनेछ:
-
अध्यक्ष: १
-
उपाध्यक्ष: ५
-
महासचिव: १
-
उपमहासचिव: ३
-
सचिव: ९
-
अन्य कमिटी : ३३ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो
-
केन्द्रीय कमिटी: ३०१
Shares

प्रतिक्रिया