राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

नेपालखबर
मंसिर २९, २०८२ सोमबार ५:२२, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज यही सोमबार बस्दै छ।

पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनमा शोक प्रस्ताव पारित गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठक आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

बैठकमा उपस्थित हुन कांग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad